फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पाेखरा | असार ७, २०८१

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पोखरा:   फेवातालमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । फेवातालमा आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर कास्कीको नौडाडा घर भएका सञ्जय भण्डारीको मृत्यु भएको हो । 


फेवातालमा पौडी खेल्न भएका ५ जना मध्ये कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाडा घर भएका २५ वर्षीय भण्डारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 


पौडी खेल्ने क्रममा मृत्यु भएका भण्डारी लेकसाइडस्थित क्विन पार्कमा काम गर्दै आएको कास्की प्रहरीले जनाएको छ । पौडी खेल्न गएका बाँकी ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । 


भण्डारीको शवलाई पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्